काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।
चीन भ्रमणको तयारी भइरहेका बेला राजदूत सोङ प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । भेटमा राजदूत सोङले प्रधानमन्त्री प्रचण्डलाई भेटेर संभावित एजेण्डाको विषयमा छलफल गरेका थिए ।
भेटमा बीआरआई परियोजना अघि बढाउने विषयमा समेत प्रधानमन्त्री र चिनियाँ राजदूत सोङबीच छलफल भएको छ। बीआरआई परियोजनाअन्तर्गत चीनले कम्तीमा तीनवटा औद्योगिक पार्क बनाउन नेपाल सरकारसँग लबिङ गरेको छ।
प्रधानमन्त्री प्रचण्ड असोज ६ गते अमेरिकाको न्युयोर्कबाट चीनको हाङचाओ जाँदै छन् । संयुत्तः राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने र त्यहीबाट प्रधानमन्त्री प्रचण्ड चीन जाँदैछन् ।
Leave a Reply