Online Nepal
  • बुधबार, १० पुष २०८१
  • शनिबार काठमाडौं र ललितपुरका यी क्षेत्रमा दिनभर विद्युत् अवरुद्ध हुने

    शनिबार काठमाडौं र ललितपुरका यी क्षेत्रमा दिनभर विद्युत् अवरुद्ध हुने

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भोलि (शनिवार) काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा साढे ८ घन्टा विद्युत अवरुद्ध हुने भएको छ ।

    टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के-थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले के-थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने भएको हो ।



    नेपाल विद्युत् प्राधिकरणका अनुसार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी. मा चार्ज गर्नेगरी कार्य भइरहेको छ ।



    भोलि के-थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार