Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीका नेताकार्यकर्ताले अब जाँड–रक्सी खान नपाइने

जुम्ला । नेकपा माओवादी केन्द्रमा आबद्ध कसैले पनि जाँड–रक्सी खान नपाउने भएका छन् । माओवादी केन्द्र जुम्लाले आफ्नो सङ्गठनमा आबद्ध कसैले पनि जाँड–रक्सी खान नपाउने निर्णय गरेको हो ।

तीन महिने पार्टी सुदृढ रूपान्तरण अभियानको क्रममा बिहीबार गरिएको पत्रकार भेटघाटमा माओवादी केन्द्र जुम्लाले जाँड–रक्सी नखाने निर्णय गरेको जानकारी गराएको हो ।

माओवादी पार्टीलाई अनुशासित, मर्यादित, सुशासन र समृद्धिको पहरेदारको रूपमा प्रस्तुत गर्न जाँड–रक्सी, जुवातास, बालविवाह, बहुविवाह, भ्रष्टाचार नगर्नरनगराउन एक विशेष सङ्कल्प प्रस्ताव पारित गरिएको माओवादी जुम्ला अध्यक्ष वीरबहादुर कुँवरले प्रस्तुत गरेको विज्ञप्तिमा भनिएको छ ।

माओवादीले भदौ १६ देखि मङ्सिर १५ गतेसम्म ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077