Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • एमालेभित्र ठूलो विस्फोट हुने प्रधानमन्त्री प्रचण्डको दाबी

    एमालेभित्र ठूलो विस्फोट हुने प्रधानमन्त्री प्रचण्डको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 594
    SHARES

    सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेभित्र ठुलो विस्फोट हुने दाबी गरेका छन् ।

    वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘म अहिले नाम लिएर भन्दिनँ तर आफूलाई ठूलो पार्टी भन्ने, प्रतिपक्षी पार्टीभित्र यति ठूलो धाँजा परेको छ, नेताको विशाल पंक्ति र कार्यकर्ता हैरान परेसान भएर भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा छ । मलाई लाग्छ त्यहाँबाट कहीँ न कहीँ कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरण सुरू हुन्छ ।’



    उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कसैले राम्रो काम गरेको देख्नै नसक्ने प्रवृत्ति भएको आरोप लगाए । ओलीकै कारणले एमालेप्रति जनतामा निराशा बढेको उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार