Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • सुर्खेत पुगेर प्रधानमन्त्री प्रचण्डले भने – राम्रो काम गर्दागर्दै सरकारबाट कसले हटाउँदोरहेछ हेर्छु

    सुर्खेत पुगेर प्रधानमन्त्री प्रचण्डले भने – राम्रो काम गर्दागर्दै सरकारबाट कसले हटाउँदोरहेछ हेर्छु

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.5K
    SHARES

    सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाई सरकारबाट हट्नुपर्छ भन्ने चिन्ता नभएको बताएका छन् ।

    समाजवादी मोर्चाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले परिवर्तनको पक्षमा अग्रसर हुनु आफ्नो प्रमुख लक्ष्य रहेको बताए । उनले आफूलाई सरकारबाट हट्नुपर्छ भन्ने टेन्सन नभएको सुनाए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई केही लिनु छैन, केही दिनु छैन । जे छ राष्ट्र र जनताको लागि, क्रान्ति र उपलब्धि रक्षाको लागि हो । यो सरकार कतिसम्म चल्छ मलाई टेन्सन छैन । सरकार टिकाउन यस्तो गर्‍यो र उस्तो गर्‍यो भन्छन् त्यो वाहियात हो । म राम्रो काम गर्छु, कसले हटाउँदो रहेछ हेर्छु ।’

    सरकार गठनको ८ महिनासम्म राम्रो काम गरिरहेको र राम्रो गर्दागर्दै कसले हटाउँदोरहेछ भनेर हेरिरहेको बताए ।

    वर्तमान सरकारले राम्रो काम गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । उनले सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार