Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • टी–२० मा इंग्ल्याण्डसँग न्युजिल्याण्ड पराजित

    टी–२० मा इंग्ल्याण्डसँग न्युजिल्याण्ड पराजित

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । इंग्ल्याण्डले न्युजिल्याण्डलाई पहिलो टी–२० खेलमा ७ विकेटले पराजित गरेको छ ।

    न्युजिल्याण्डले प्रस्तुत गरेको १४० रनको लक्ष्य इंग्ल्याण्डले ३६ बल बाँकी छँदै पछ्याएको हो ।



    इंग्ल्याण्डका लागि डेविड मलानले सर्वाधिक ५४ रन बनाए भने ह्यारी ब्रुकले नटआउट रहँदै ४३ रन बनाएर टोलीलाई जीतसम्म डोर्‍याए ।



    विल ज्याक्सले २२ रनको योगदान दिए । न्युजिल्याण्डका लागि टीम साउथी, लोकी फर्गुसन र इस सोधीले १–१ विकेट लिए ।

    यसअघि, पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

    टोलीका लागि ग्लेन फिलिप्सले ४१ रन बनाए भने ओपनर फिन एलनले २१ रनको योगदान दिए । इंग्ल्याण्डका लागि लुक वुड र ब्राइडन कार्सले ३–३ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार