Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेखर कोइराला भन्छन् - नेताहरू व्यक्तिगत स्वार्थ र सत्ता केन्द्रित भए

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेताहरू व्यक्तिगत स्वार्थ र सत्ता केन्द्रित भएको बताएका छन् ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको १३औँ पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस मोरङले बुधबार आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन् ।

उनले नेताहरूले निष्ठा र आदर्शको भुल्दा जनमानसमा राजनीतिप्रति नै नैराश्यता छाएको बताए ।

नेपालका राजनीतिक दलका नेताहरूले सिद्धान्त र आदर्शभन्दा तल झरेर राजनीति गरिरहेको नेता डा. कोइरालाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077