Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेल र सार्कका महासचिव विराकुनबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसला रुवान विराकुनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति पौडेल र महासचिव वीराकूनबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले सार्कको उद्देश्य प्राप्तिका लागि सम्पूर्ण सदस्य राष्ट्रहरुबीच आपसी सहकार्य र समझदारीबाट उपयुक्त वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077