काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले खेलका लागि सबै उत्साहित रहेको बताएका छन् ।
बुधबार एसिया कपमा पाकिस्तानसँगको खेलअघि कुराकानी गर्दै कप्तान पौडेलले यस्तो बताएका हुन् ।
कप्तान पौडेलले भने, ‘हामी सबै खुशी छौं । एसिया कपको यो हाम्रो पहिलो खेल हो । नेपालका सबैजना यो खेलका लागि उत्साहित छौं । पाकिस्तानको धेरैजसो चिज नेपालजस्तै छ । ब्याटिङका लागि विकेट धेरै राम्रो छ ।’
नेपालले पाकिस्तानविरुद्ध टस हारेर पहिले ब्याटिङ सुरु गरेको छ । रोहितले पहिलो पटक एसिया कप खेल्न पाउँदा खुशी लागेको बताए ।
Leave a Reply