Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • नेपाली नागरिकता लिन खोज्ने नवलपरासीबाट एक भारतीय पक्राउ

    नेपाली नागरिकता लिन खोज्ने नवलपरासीबाट एक भारतीय पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 1.5K
    SHARES

    संकेतिक तस्विर

    नवलपरासी । नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेका छन् । उनले नवलपरासी बर्दघाट सुस्ता पश्चिमबाट नेपाली नागरिकता लिन खोका थिए ।



    पक्राउ परेका कुर्मी हाल बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउँपालिका–९ अठलैयास्थित मामाघरमा बस्दै आएका थिए।



    राहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशङ्कर कुर्मीलाई बुबा बनाई नागरिकता लिन लागेका थिए ।

    पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी नागरिकतासम्बन्धी कसुर उद्योगमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार