काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सार्क महासचिवको रूपमा सार्कलाई सक्रिय बनाउन निर्वाह गरेको भूमिकाको प्रंशसा गरेका थिए ।
सार्क सचिवालयमा नयाँ महासचिव बंगलादेशबाट आउने टुंगो लागेको छ । अध्यक्ष राष्ट्र नेपाल र सार्क सचिवालयको लगातारको प्रयासपछि सार्क सचिवालय नेतृत्वविहीन हुनबाट जोगिएको छ ।
प्रधानमन्त्री प्रचण्डले महासचिवका रुपमा विराकुनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रसंशा गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
Leave a Reply