Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको बस बर्दघाटमा दुर्घटना

नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रि बस अनियन्त्रित भएर पल्टिँदा सात यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ।

दुघर्टनापछि सवारी चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077