Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सुन तस्करीको अनुसन्धान र थप प्रमाण जुटाउन एसएसपी आचार्य हङकङ प्रस्थान

    सुन तस्करीको अनुसन्धान र थप प्रमाण जुटाउन एसएसपी आचार्य हङकङ प्रस्थान

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्य ६० किलो सुन तस्करीको अनुसन्धान र थप प्रमाण जुटाउन हङकङ प्रस्थान गरेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी आचार्य गएराति हङकङ प्रस्थान गरेका हुन् ।



    प्रहरीले चीन, हङकङ, सिंगापुर, भारतलगायतका देशसँग सुन तस्करीमा संलग्न सञ्जालको खोजीका लागि सहयोग गर्न इन्टरपोलमार्फत पत्राचार गरिसकेको छ ।



    गएको असार २९ मा हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन ल्याएको खुलेको थियो । साउन २ गते भन्सार जाँचपास गरेर पार भइसकेको सामान राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार