Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • इसरोको दाबी – चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थ रहेको संकेत भेटिए

    इसरोको दाबी – चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थ रहेको संकेत भेटिए

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थ रहेको सङ्केत चन्द्रयान–३ को रोभरले फेला पारेको दाबी गरेको छ ।

    गएको बुधवार अर्थात् अगष्ट २३ तारिखमा चन्द्रमाको अनुसन्धानका लागि दक्षिणी ध्रुवमा चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो ।



    चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति प्रज्ञान रोभरमा रहेको ‘लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस) उपकरणले पत्ता लगाएको इसरोले दाबी गरेको हो ।



    रोभरमा रहेको उपकरणले दक्षिणी ध्रुव नजिकै चन्द्रमाको सतहमा सल्फर (एस) को उपस्थितिलाई पहिलो पटक इन–सिटु मापनको माध्यमबाट स्पष्ट रूपमा पुष्टि गरेको इसरोलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार