Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • दावा छिरिङको नेपाली नागरिकताबारे छानबिन गर्न गृहद्धारा समिति गठन

    दावा छिरिङको नेपाली नागरिकताबारे छानबिन गर्न गृहद्धारा समिति गठन

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । दावा छिरिङको नेपाली नागरिकताबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक छिरिङले काभ्रे जिल्ला प्रशासन कार्यालयबाट लिएको नेपाली नागरिकताबारे छानबिनका लागि गृहले समिति गठन गरेको हो ।



    गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवालको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।



    उनले २०७४ पुस २० गते नेपाली नागरिकता लिएका थिए। ठमेलस्थित होटल भियानाका सञ्चालकसमेत रहेका दावालाई ६० किलो सुन तस्करीमा संलग्न देखिएको भन्दै पक्राउ गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार