काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संसदीय सुनुवाइ समितिको सभापति लिन अस्वीकार गरेका छन् ।
उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो जानकारी गराएका हुन् । समितिमा कांग्रेसले परियारसहित ४ जनाको नाम सिफारिस गरेको थियो ।
जसमा शेखर कोइराला–गगन थापा समूहले संस्थापन पक्षसँग दुई समितिको नेतृत्व दाबी गरेको थियो । तर सभापति शेरबहादुर देउवाले एउटा समितिमा मात्र दिएका थिए ।
देउवाले प्रतिनिधिसभाको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे, सुशासन समितिको सभापति रामहरि खतिवडा र कृषि समितिको सभापतिमा आरजु राणा गरी तीन वटा समितिमा आफ्नो पक्षका सांसदलाई जिम्मेवारी दिइसकेका छन् ।
Leave a Reply