Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – भ्रष्टाचारविरुद्धको अभियान प्रदेश र स्थानीय तहमा पनि विस्तार गरौँ

    प्रधानमन्त्री प्रचण्डले भने – भ्रष्टाचारविरुद्धको अभियान प्रदेश र स्थानीय तहमा पनि विस्तार गरौँ

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्धको अभियान प्रदेश र स्थानीय तहमा विस्तार गनुपर्ने बताएका छन् ।

    राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्षसमेत रहेका प्रचण्डले भ्रष्टाचार निवारण गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिङ्गो देशको एजेण्डा भएको बताएका हुन् ।



    बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने,’सङ्घीय सरकारले प्रारम्भ गरेको भ्रष्टाचार निवारण र सुशासन स्थापित गर्न चालेको कदम प्रदेश र स्थानीय तहमा समेत विस्तारित गर्दै दण्ड र पुरस्कारको प्रणालीलाई स्थापित गर्न, राम्रो काम गर्नेहरूलाई प्रोत्साहित गर्न र आम जनसमुदायमा आशाको रक्तसञ्चार गर्न आवश्यक छ । कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्न सकिन्छ । यसतर्फ गम्भीर रूपले ध्यान दिनसमेत म विशेष अनुरोध गर्छु ।’



    प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले सुशासन कायम गर्ने कार्यभार सिंगो देशको भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार