दार्चुला । दार्चुलामा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ ।
गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि घाइते महिलालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेलामा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आइतबार बिहान करिब ११ बजेतिर जिल्लाको शैल्यशिखर नगरपालिका–५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदले घरमा कोही नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् ।
साउँदले शरीरमा किन आगो लगाइन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply