Online Nepal
  • सोमबार, ५ जेष्ठ २०८२
  • अर्थमन्त्री महतको आग्रह – विदेशमा सिकेको सीप, अनुभव र पुँजी नेपालको विकासमा लगाउनू

    अर्थमन्त्री महतको आग्रह – विदेशमा सिकेको सीप, अनुभव र पुँजी नेपालको विकासमा लगाउनू

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पुँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् ।

    क्यानाडाको भ्यानकुभरमा रहेका नेपाली समुदायसँग छलफल तथा अन्तर्क्रिया गर्ने क्रममा अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन् ।



    उनले अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा ऊर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यम लगायतका क्षेत्र लगानीको लागि आकर्षक रहेको बताए ।

    यस्तै नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पुरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न मन्त्री महतले आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार