काठमाडौं । प्रहरीले १ हजार २२३ केजी पटका सहित तीन जनालाई पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गैरकानूनी रूपमा भारतबाट लुकाइछिपाइ ल्याइएको पटका सहित राजु भन्ने दिपक मण्डल, धर्मेन्द्र साह र मुकेश मण्डललाई पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पटका, भुईचम्पा लगायतका आतिसवाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भदौ ८ गते काठमाडौंको ताहाचल, मान्टारबाट ६५ वटा बोरामा रहेका विभिन्न प्रकारका विस्फोटक पदार्थ बरामद गरेको हो ।
पक्राउ परेका उनीहरूलाई विष्फोटक पदार्थ सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
Leave a Reply