Online Nepal
  • शनिबार, ३ जेष्ठ २०८२
  • ८५ करोडमा बनेको प्रदेश प्रमुख र मुख्यमन्त्री आवास भवनको चाबी प्रधानमन्त्रीद्वारा हस्तान्तरण

    ८५ करोडमा बनेको प्रदेश प्रमुख र मुख्यमन्त्री आवास भवनको चाबी प्रधानमन्त्रीद्वारा हस्तान्तरण

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि तयार आवास गृह हस्तान्तरण गरेका छन् । आइतबार प्रधानमन्त्री प्रचण्डले ललितपुरको भैंसेपाटीमा तयार आवास गृह हस्तान्तरण गरेका हुन् ।

    प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक रहेको छ । भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत हुने बताए ।



    ती भवन काठमाडौं आउँदा मुख्यमन्त्री र प्रदेश प्रमुखले बस्नका लागि प्रयोग गर्नेछन् भने सम्पर्क कार्यालय समेत राख्ने जनाइएको छ । आवास भवन ८५ करोडको लागतमा निर्माण गरिएको जनाइएको छ ।

    हाल २७ रोपनी १३ आना क्षेत्रफलमा मुख्यमन्त्री र प्रदेश प्रमुखको भवन तथा सम्पर्क कार्यालयहरु निर्माण गरिएको छ । जसअन्तर्गत १७ रोपनी ७ आनामा भवन, ५ रोपनीमा आन्तरिक सडक, ८ आनामा बगैंचा र पोखरी र ४ रोपनी १२ आनामा पार्किङ तथा हरियाली क्षेत्र रहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार