Online Nepal
  • सोमबार, ५ जेष्ठ २०८२
  • पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका सिंहको उम्मेदवारी दर्ता

    पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका सिंहको उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एउटा संसदीय समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेको छ ।

    आइतवार सिंहदरबारमा राप्रपाका तर्फबाट पूर्वाधार विकास समितिको सभापतिमा दीपककुमार सिंहले उम्मेदवारी दिएका हुन् ।



    उनको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन रहेका छन् । त्यसैगरी कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) की विमला सुवेदीको उम्मेदवारी दर्ता भएको छ । उनको प्रस्तावकमा पूर्णबहादुर घर्ती, समर्थकमा महेश बर्तौला, रमेश लेखक र ध्रुवबहादुर प्रधान रहेका छन् ।

    प्रतिनिधिसभाअन्तर्गत १० वटा विषयगत समितिको सभापति पदका लागि भोलि हुने चुनावका लागि आज बिहान ११ देखि दिउँसो ४ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ता गराउने कार्यतालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार