काठमाडौं । नेकपा एमालेका राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काममा सरकार र सत्तारुढ गठबन्धन आफैँ संलग्न रहेको बताएकी छिन् ।
आइतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले सत्तारुढ गठबन्धनले जातीय सद्भावमा खलल पुर्याउने खालका गतिविधि गरिरहेको उल्लेख गर्दै तत्काल त्यस्ता खालका गतिविधिलाई नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।
बहुजात, बहुधर्म, बहुसंस्कृति नेपालको पहिचान भएपनि त्यसमाथि खलल पुर्याउने काम सत्तारुढ गठबन्धनबाटै हुनु मुलुकको लागि दुःखद् भएको समेत बताइन् ।
जातजातका बीचमा लडाएर मुलुकलाई अराजकतातिर धकेल्ने काम कसैले पनि गर्न नहुने सांसद न्यौपानेको भनाई छ ।
Leave a Reply