काठमाडौं । कलाकार सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
शनिबार निधन भएका कलाकार ताम्राकारको अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि पशुपति आर्यघाटमा केही घण्टा राखिएको थियो ।
ताम्राकारको पार्थिव शरीरलाई कलाकार, आफन्त र शुभेच्छुकले लगायत थुप्रैले श्रद्धाञ्जली दिए ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले कलाकार संघको झण्डा ओढाएर उनलाई श्रद्धाञ्जली दिए ।
Leave a Reply