Online Nepal
  • बिहिबार, ८ जेष्ठ २०८२
  • गौर हत्याकाण्डको छानबिन रोकिँदैन, दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

    गौर हत्याकाण्डको छानबिन रोकिँदैन, दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.4K
    SHARES

    वीरगन्ज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गौर हत्याकाण्डको छानबिन नरोकिने बताएका छन् ।

    आइतबार वीरगन्जमा प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा जवाफ दिदैं गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    उनले गौर हत्याकाण्ड प्रकरणमा पीडितसँग गरिएको सहमति अनुसार छानबिन गरी दोषीलाई कारबाही हुने बताए ।

    ‘पीडित पक्षसँग सरकारले गरेको ५ बुँदे सहमतीमा उल्लेख भए अनुसार घटनाका बेलामा परेका जाहेरीसमेतको आधार बनाएर समग्र छानबिन गरी दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याएर सम्बन्धित निकायले यो प्रकरणलाई निष्कर्षमा पुर्‍याउँछ,’ उनले भने ।

    रौतहटको गौर स्थित राइसमिलको चौरमा २०६३ साल चैत ७ गते तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमबीच भएको भिडन्तमा २७ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार