काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा दायर भएको छ ।
यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राउतविरुद्द मुद्दा नचलाउने तयारी गरेको थियो । तर, सरकारी वकिल कार्यालयले सरकारी किर्तेको कसुरमा उनीविरुद्ध मुद्दा लगाएको हो ।
राउतलाई गत असार २४ गते काठमाडौंबाट विराटनगर जाने क्रममा पक्राउ गरिएको थियो तर अदालतले साउन १५ गते उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
यस्तै दाङका प्रमुख जिल्ला अधिकारीसमेत रहेका सहसचिव सुशील वैद्यलाई पनि प्रतिवादी बनाइएको छ । यो प्रकरणमा २९० जना प्रतिवादी कायम गरेर मुद्दा पठाइएको छ ।
Leave a Reply