Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनमा दुई लडाकु विमान आपसमा ठोक्किए, चर्चित पाइलटसहित तीन जनाको मृत्यु

एजेन्सी । युक्रेनको राजधानी किभमा दुई लडाकु विमान आपसमा ठोक्कँदा तीन पाइलटको मृत्यु भएको छ ।

पश्चिम क्षेत्रमा भएको एल-३९ र एफ-१६ लडाकु विमान आकासमै ठोक्किँदा तीन युक्रेनी सैन्य पाइलटको मृत्यु भएको हो ।

रुसी आक्रमणको सुरुवाती चरणमा किभमा हवाई आक्रमणमा सहभागी भएका एन्ड्री पिल्स्चीकोभको दुर्घटनामा मृत्यु भएको बताइएको छ ।

उनको निधनलाई युक्रेनले दर्दनाक र अपुरणीय क्षतिका रुपमा लिएको छ । दुर्घटनापछि राष्ट्रपति भलादमिर जेलेस्कीले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077