काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका १४ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको हो ।
तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने चेतावनी समेत दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ ।
‘सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला,’ सूचनामा भनिएको छ ।
Leave a Reply