एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा केलियन एमबाप्पे चम्किँदा पीएसजीले लेन्सलाई ३–१ गोल अन्तरले हराएको हो ।
पीएसजीलाई जिताउन एमबाप्पेले दुई गोल गरे । खेलको पहिलो हाफमा मार्को असेन्सियोले पीएसजीलाई अग्रता दिलाएका थिए ।
करारको विवादपछि पहिलोपटक खेलको सुरुवात गरेका एम्बाप्पेले दोस्रो हाफको सुरुवातमा नै गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
खेलको अन्तिम मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । लिग वानमा यो सिजन साबिक विजेता टोलीको पहिलो जित हो । इन्जुरी समयमा लेन्सका मोर्गन गुइलाभोगुइले सान्तवना गोल गरे ।
Leave a Reply