Online Nepal
  • बिहिबार, ८ जेष्ठ २०८२
  • नुवाकोटमा प्रहरी र स्थानीयबीच झडप : सात प्रहरी घाइते, ११ सेल अश्रुग्यास प्रहार

    नुवाकोटमा प्रहरी र स्थानीयबीच झडप : सात प्रहरी घाइते, ११ सेल अश्रुग्यास प्रहार

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 3.6K
    SHARES

    फाइल तस्विर

    नुवाकोट । नुवाकोटमा जग्गा खाली गराउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । जिल्लाको विदुर नगरपालिका १ इन्द्रायणीचौरमा जग्गा खाली गराउने क्रममा शनिबार दिउँसो झडप भएको हो ।

    झडपमा प्रहरी अधिकृतसहित सात जना सुरक्षाकर्मी घाइते भएका छन् भने प्रहरीले ११ सेल अश्रुग्यास समेत प्रहार गरेको छ । भूकम्पले घर भत्काएको र आफूहरू पीडित भएको जनाउँदै नुवाकोट र रसुवाका विभिन्न स्थानका एक सय भन्दा बढी घरपरिवारले इन्द्रायणीचौरमा अस्थायी घर टहरो बनाई बसिहरेका थिए।



    उनीहरुलाई हटाउने क्रममा विवाद भएको बताइएको छ । झडपमा परी गम्भीर घाइते भएका प्रहरी निरीक्षक रुद्रराज कँडेललाई थप उपचारका लागि नेपाल प्रहरी अस्पताल महाराजगन्ज लगिएको छ ।

    अन्य प्रहरीको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । प्रहरीमाथि आक्रमण गर्ने एक महिलासहित पाँच जना पक्राउ परेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार