Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभापति देउवा भन्छन् - नेपालले विपद् न्युनिकरणका लागि आवश्यक कदम चाल्न जरुरी छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका विपद् न्युनिकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलाई गर्न नहुने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जलवायु परिवर्तनका कारण नेपालमा अतिवृष्टि, अनावृष्टिलगायतका संकट देखा परिरहेको उल्लेख गर्दै त्यसको न्युनिकरणका लागि नेपालले आवश्यक कदम चाल्न जरुरी भइसकेको बताए ।

सभापति देउवाले जलवायु परिवर्तनकै कारण हिमालमा हिउँ नभएको अवस्था आउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसले निम्त्याउने विपद् व्यवस्थापनका लागि नेपाली कांग्रेसले आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077