Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • कांग्रेस सभापति देउवा भने – धार्मिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा छैन

    कांग्रेस सभापति देउवा भने – धार्मिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा छैन

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरानमा भइरहेको द्वन्द्वका विषयमा चिन्ता व्यक्त गरेका छन् ।

    सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै सामाजिक, धार्मिक र राजनैतिक सद्भावका लागि अपिल गरेका हुन् ।



    सभापति देउवाले संविधानले सबैलाई आफ्नो धर्म, संस्कृति पालना गर्ने स्वतन्त्रता दिएको र त्यस्तो स्वतन्त्रताको प्रयोग गर्दा अरुको आस्थामा समेत चोट पुर्‍याउन नपाइने व्यवस्था गरेको स्मरण गराए ।



    सभापति देउवाले विज्ञप्तिमा भनेका छन्,‘परापूर्वकालदेखि विभिन्न जात-जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौ । नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ-आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन । कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्‍याउन पनि उचित हुँदैन ।’

    नेपालमा परापूर्व कालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको भन्दै देउवाले कानुनले पनि एक अर्काको धर्म संस्कृति र आस्थामा चोट नपुर्याकई धार्मिक साँस्कृतिक स्वतन्त्रता दिएको बताए ।

    धरानको अहिलेको संवेदनशीलतालाई विचार गरेर राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ संस्था एवं समाजका अग्रज व्यक्तिहरु सद्भाव कायम राख्न एकजुट हुनुपर्ने देउवाले बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार