Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर कोइरालाको आरोप - प्रधानमन्त्री प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरे

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको बताएका हुन् ।

कोइरालाले भने,‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ। परिस्थिति धार्मिक खासियत लडखडाएको छ।मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिदैन। संविधानमा लेखिएका कुरा बाहिरको कदापी स्वीकार्य हुँदैन। कुनैपनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य हुनु हुँदैन।’

नेता कोइरालाले धार्मिक सद्भाव लड्खडाइरहेको अवस्थामा प्रचण्डले थप द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाए। पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले मुलुकमा असर गर्ने नेता कोइरालाले बताए ।

उनले मुलुकको राजनीति कता मोडिएको भन्दापनि अफ्टयारो परिस्थितीमा गएकोमा चिन्तित भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077