काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ ।
भदौ ११ गते हुने प्रतिनिधिसभा अन्तर्गत रहेका संसदीय समितिहरुको सभापति निर्वाचनको विषयमा बैठक केन्द्रीत रहेको छ ।
विदेश भ्रमणमा रहेका कारण पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङदेन भने बैठकमा सहभागी छैनन् ।
बैठकले संसदीय समितिको सभापतिका लागि हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ ।
सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि संसदीय समितिका सभापति चयनका लागि समय तोकेका छन् ।
Leave a Reply