Online Nepal
  • बिहिबार, ८ जेष्ठ २०८२
  • भैरहवाबाट २ करोड बराबरको कपडा र काजु नियन्त्रणमा

    भैरहवाबाट २ करोड बराबरको कपडा र काजु नियन्त्रणमा

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 1.8K
    SHARES

    भैरहवा । भैरहवा भन्सार कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको कपडा र काजुसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।

    भन्सार कार्यालयले प्लाष्टिकका दाना भनेर कपडा र काजु किसमिस लगायतका सामान नेपाल भित्र्याउन खोज्ने दुईवटा ट्रक नियन्त्रणमा लिएको हो ।



    कार्यालयलाई प्राप्त सुचनाका आधारमा भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनेर घोषणा गरेका २ वटा मालवाहक गाडीहरु चेकजांच गर्दा ठूलो परिमाणमा कपडा र काजु किसमिस लगायतका खाद्य सामग्री फेला परेपछि नियन्त्रणमा लिइएको थियो ।

    ना ५ ख ३३५ नम्वरको नेपाली ट्रक र युपी ५३ जीटी ०५७८ नम्वरको भारतीय मालबाहक गाडी भन्सार परिषरबाटै नियन्त्रणमा लिइ चेकजांच गरिएको भएपनि चालकहरु तत्कालै फरार भएकोले उक्त सामानको धनी को हो भन्ने नखुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

    शुक्रबार गरिएको प्रारम्भिक जांचका क्रममा नियन्त्रणमा लिइएका दुईवटा ट्रकहरुबाट करिव २ करोड बराबरका सामान रहेको पाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार