Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • टी-२० अन्तर्राष्ट्रिय शृंखला : फाइनलमा आज नेपाल र हङकङ भिड्दै

    टी-२० अन्तर्राष्ट्रिय शृंखला : फाइनलमा आज नेपाल र हङकङ भिड्दै

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । मलेसियामा जारी चार देश सहभागी महिला टी–२० आई सिरिजको फाइनलमा शनिबार नेपाल र हङकङबीच खेल हुँदैछ ।

    फाइनल खेल मलेसियाको बायोमास ओभलमा बिहान पौने १२ बजे शुरु हुनेछ । यो शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, हङकङ र कुवेत सहभागी छन् ।



    नेपाल हिजो घरेलु टोली मलेसियासँग पराजित भए पनि नेटरनरेटको कारण शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । समूहको अन्तिम खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको थियो ।



    नेपालले कुवेत र हङकङलाई हराएको थियो । तेस्रो स्थानका लागि आज नै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार