काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी चलाउने तीनजना पक्राउ परेका छन् ।
शुक्रबार भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवनगरी सवारी साधन चलाउँदै गरेका तीनजना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलिले शुक्रबार १४ ओटा सवारी साधनका चालकलाई चेक गरेको थियो ।
जसमा सर्लाहीको लालबन्दी १६ परवानीपुरका २८ वर्षीय जनक, धनुषाको जनकपुर ७ का ३८ वर्षीय प्रभाष कुमार झा र दोलखा भिमेश्वर नगरपालिका ६ का ४२ वर्षीय सन्तोष भण्डारीलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिएका तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा पठाइएको छ ।
Leave a Reply