Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने रास्वपाको निर्णय

    संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने रास्वपाको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिको सभापतिमा उमेदवारी दिने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भदौ ११ गते हुने संसदीय समितिको सभापतिका लागि क्षमताले पुग्ने समितिमा नेतृत्वका लागि उमेदवारी दिने जानकारी दिए ।



    उम्मेदवारी दिन उम्मेदवारसहित प्रस्तावक र समर्थक गरी तीनजना अनिवार्य चाहिने भएकाले रास्वपाले आफ्नो क्षमताले भ्याउने सबै समितिमा सभापतिका लागि उमेदवारी दिने निर्णय गरेको उनले बताए ।



    बैठकमा पार्टी सभापति रवि लामिछानेले लम्पी स्किनसम्बन्धी सार्वजनिक महत्त्वको विषय भदौ १७ गतेपछि बस्ने संसद्को बैठकमा छलफल गर्ने निर्णय गरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार