काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्ष तथा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट आमनागरिकमा आशा जागेको बताएका छन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै ठाउँबाट अभियान चलाए को बताए ।
‘प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् । तर आमनागरिक यो अभियानबाट खुशी भएका छन् । लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट आमनागरिकमा आशा पलाएको छ’, उनले भने ।
सरकारले भ्रष्टाचार विरोधी अभियान दृढतापूर्वक अगाडि बढाएको उनले दाबी गरे ।
Leave a Reply