काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ ।
आज बिहान कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो ।
काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको बताइएको छ । करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको बताइएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन भने विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
Leave a Reply