Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • सप्तकोसीसहित यी नदीमा बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

    सप्तकोसीसहित यी नदीमा बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 705
    SHARES

    काठमाडौं । देशका विभिन्न सानाठूला नदीमा आज पानीको बहाव बढेको छ ।

    सप्तकोसी नदी चतरामा जलसतह बढ्दो क्रममा छ । त्यहाँ जलसतह सतर्कता तहनजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।



    यस्तै, तमोर, सुनकोसी र अरूण नदीमा पनि जलसतह बढ्दो छ । उदयपुर, सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा आज साँझसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



    महाशाखाको सूचनामा उल्लेख छ, “भदौ ८ बिहान ९ बजे । सप्तकोसी नदी चतरामा जलसतह बढ्दो छ र सतर्कता तह (६ मि.) नजिक पुगेको छ । तमोर, सुनकोसी र अरूणमा पनि जलसतह बढ्दो रहेकोले उदयपुर, सुनसरी र सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्मै उच्च सतर्कता अपनाऔँ ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार