Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भीम उपाध्यायविरुद्ध मानहानिको उजुरी दर्ता, ‘गोरु खानेहरु’ भन्दै हालेका थिए महिलाको फोटो

चितवन । पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी मुद्दामा उजुरी दपरेको छ ।

चितवनकी एक महिलाको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरी गलत भ्रम फैलाइएको भन्दै बिहीबार उजुरी दर्ता भएको हो । करिब साढे दुई वर्षअघि टिकटकमा राखेको भिडिओलाई भीम उपाध्याय (मनमौजी) नामक फेसबुक एकाउन्टबाट मानहानि र चरित्रहत्या गरेको भन्दै भरतपुर-१६ , की पूर्णिमाया गुरूङले चितवन प्रहरीमा उजुरी दिइन् ।

आफ्नो तस्बिर अनधिकृतरूपमा सामाजिक सञ्जालमा तस्बिर राखेर चरित्रहत्या गरिएकाले उनलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न प्रहरीमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता गरिएको हो ।

भीम उपाध्यायले ती महिलाको तस्बिर राख्दै पाँच दिनअघि ‘गोरू खाने धराने’ भनेर पोस्ट गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरेर कानूनी प्रकृयामा जाने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077