Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • मीना बर्तौलाको ‘सुनकोशी बग्यो सलल…’ मा सुनिल र विनाको रोमान्स (भिडियो सहित)

    मीना बर्तौलाको ‘सुनकोशी बग्यो सलल…’ मा सुनिल र विनाको रोमान्स (भिडियो सहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । समिप इन्टरटेनमेन्ट प्रा.लि.ले आफ्नो दोस्रो प्रस्तुती ‘सुनकोशी बग्यो सलल…’ नामक म्युजिक भिडियो सार्वजनिक गरेको छ । विहिबार राजधानीमा आयोजित एक कार्यक्रममा कम्पनीले उक्त गीतको भिडियो सार्वजनिक गरेको हो । यस अघि समिप इन्टरटेनमेन्ट प्रा.लि.ले ‘मायाले बाँधेर त हेर’ बोलको गीत सार्वजनिक गरिसकेको छ ।

    बरिष्ठ गायक एवं संगीतकार यम बरालको प्रमुख आतित्थ्यतामा समिप इन्टरटेनमेन्टको यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोमा मोडलद्वय सुनिल न्यौपाने र विना राउतको मुख्य अभिनय रहेको छ ।



    दिलिप समनद्धारा निर्देशित उक्त म्युजिक भिडियोमा भिमार्जुन ओली, नेक्सन लोहनी र शिव रिमालको पनि अभिनय रहेको छ ।समिप इन्टरटेनमेन्टकी अध्यक्ष मीना बर्तौलाको अध्यक्षतामा सम्पन्न म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङको पनि उपस्थिति रहेको थियो ।



    कार्यक्रममा प्रमुख अतिथि बरालले समिप इन्टरटेनमेन्टको दोस्रो प्रस्तुति ‘सुनकोशी बग्यो सलल…’ लाई विशेष शुभकामना दिँदै अहिलेको यो विषम परिस्थितिमा नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकोप्रति समिप इन्टरटेन्टमेन्टलाई शुभकामना र धन्यवाद समेत ज्ञापन गरेका थिए ।

    कार्यक्रममा बरालले भने–‘आफूले गरेको लगानीको सुरक्षा नै नभएको अहिलेको यस्तो विषम परिस्थितिमा पनि म्युजिक भिडियो सार्वजनिक हुनु एकदमै सह्राहनीय कार्य हो । यसले निरन्तरता पाउनेमा आशावादी छु ।’ कार्यक्रममा बोल्दै गायक एवं संगीतकार बरालले गीतको भिडियो निकै उत्कृष्ट बनेको बताए ।

    सबु थापा मगर र रिता केसीको स्वरमा रहेको ‘सुनकोशी बग्यो सलल…’ गीतको शब्द र संगित यूर्ण गुरुङको रहेको छ । रोशन विश्वकर्माले कोरियोग्राफि गरेको उक्त म्युजिक भिडियोको छायाँकन हरि हुमागाईंले गरेका छन् ।

    कार्यक्रममा मोडलद्वय न्यौपाने र राउतले म्युजिक भिडियोको छायाँकनका क्रममा भोगेका अनुभवहरू पनि शेयर गरेका थिए ।

    कार्यक्रममा अध्यक्ष बर्तौलाले समिप इन्टरटेनमेन्टले सार्वजनिक गरेको दोस्रो म्युजिक भिडियोले सांगीतिक क्षेत्रमा ईटा थप्ने काम गरेको बताउँदै आगामी दिनमा कला र संगीतकर्मीहरुलाई केही राहात मिल्नेगरी काम गर्ने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार