Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भष्ट्राचारका काण्डहरूले अन्तर्राष्ट्रियस्तरमा नेपालको बदनाम भयो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले भष्ट्राचारका काण्डहरूले अन्तर्राष्ट्रियस्तरमा नेपालको बदनाम भएको बताएका छन् ।

पार्टीको एक कार्यक्रममा सहभागी हुन बिहीबार जनकपुर पुगेका नेता कोइरालाले पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले मुलुक भ्रष्टाचारको अखाडा बनेको समेत आरोप लगाए ।

यस्ता विभिन्न घटनाले अन्तराष्ट्रियस्तरमा नेपालको साख गिरेको बताउँदै उनले नेपालको साख जोगाउनु अहिलेको आवश्यकता रहेको बताए ।

त्यसमा नेपाली कांग्रेससहित सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077