काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका हुन्।
उनले उक्त पुनर्निर्माण सम्पन्नपश्चात देखिने बाहिरी र भित्रि कक्षहरूको थ्रिडी एनिमेशनको अवलोकन पनि गरेका थिए।
प्रधानमन्त्री दाहालले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका थिए।
Leave a Reply