Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

बारा । भारतीय तीर्थयात्री बोकेको बस बाराको चुरियामाई अगाडि दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे चुरियामाई अगाडि दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बसमा सवार २६ जनामध्ये मृत्यु हुनेमा ३ पुरुष र ४ जना महिला रहेका छन् । मृत्यु हुनेमा ६ भारतीय र एक जना नेपाली रहेका छन् ।

मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घाइते यात्रुको मकवानपुरको हेटौंडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077