Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धादिङ बस दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत [नामावलीसहित]

धादिङ । धादिङको गजुरी गाउँपालिका,२ चालिसेस्थित बस दुर्घटना हुँदा मृत्यु भएका आठ जनामध्ये हालसम्म ६ जनाको सनाखत भएको छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो । जसमा मृत्यु हुनेमध्ये ६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएकामध्ये म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल, कास्की फूलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा, पर्वत जलजला गाउँपालिका ६ बस्ने ४२ वर्षीया राधिका सापकोटा र जिल्ला पर्वत मोदी गाउँपालिका ५ बस्ने ४५ वर्षीय झपट बहादुर क्षेत्रीको सनाखत भएको हो । बाँकी दुई मृतकको परिचय खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

चालक र सहचालक गरी बसमा २५ जना सवार थिए । तीमध्ये बाग्लुङ गलकोटका ६८ वर्षीया बुढामगर सामान्य उपचार गरी डिस्चार्ज भएका छन् भने बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ का ३४ वर्षीय रोशन तामाङलाई सकुशल उद्धार गरिएको छ ।

उनलाई अहिले इलाका प्रहरी कार्यालय गजुरीको हिरासतमा राखेर सोधपुछ भइरहेको । दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077