Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिशूलीमा बस दुर्घटना : मृतक आठमध्ये तीन जनाको परिचय खुल्यो

काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुने आठमध्ये तीनजनाको परिचय खुलेको छ ।

दुर्घटनामा मृत्यु भएका म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीया कृतिका शर्मा र धादिङको गजुरी गाउँपालिका–८ बस्ने २५ वर्षीय सविन रम्तेलको परिचय खुलेको हो ।

दुर्घटनामा ६ पुरुष र दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । काठमाडौंबाट म्याग्दीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–२, चालिसेबाट त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा घाइते भएका १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077