Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिशूलीमा बस दुर्घटना : मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं । धादिङको गजुरीमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेपछि ९ जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार ८ जना बढी घाइतेको उद्दार गरिएको छ । म्याग्दी कोरला यातायातको बस बिहान सवा ११ बजे नदीमा खसेको थियो । दुर्घटनाका घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा ६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077