Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजेन्द्र लिङ्देनको दाबी - नेपाललाई कर्मचारीले नभई नेताले नै बिगारेका हुन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई कर्मचारीले नभई नेताले नै बिगारेको दाबी गरेका छन् ।

साउदी अरब भ्रमणमा रहेका उनले जेद्दामा नेपाली संघसंस्थाका अगुवालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् । उनले करिब २ महिना आफूले ऊर्जा मन्त्रालय सम्हाल्दा सबै कर्मचारीको सहयोग पाएको पनि बताए ।

‘हाम्रो देश कर्मचारीले होइन, राजनीतिक नेतृत्वले बिगारेको रहेछ, मन्त्री भएर सिंहदरबारमा रहँदाको छोटो अनुभवमा मैले त्यही अनुभूति गरेँ’, उनले भने, ‘देश बिग्रिनमा कर्चारीको भन्दा नेताकै हात छ। नेता ठीक भए कर्मचारी ठीक हुन्छन्।’

विद्युत् खरिद सम्झौतामा एक मेगावाटकै १० लाख रुपैयाँसम्म घुस लिने परिपाटी पनि आफूले देखेको लिङ्देनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077